Sajhamanch Archive

नेपाल–भारतबीच पानीजहाज चलाउने विषयमा छलफल शुरु

Published: (Updated: ) in राजनीति by .

काठमाडौँ । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ ।

नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।

नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए ।

बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो । त्यही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो ।

२ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *