Sajhamanch Archive

यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, by .

युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ ।

गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो ।

अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको जानकारीअनुसार एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको उपस्थितिमा मृतक गणेश लामिछानेका नातेदार कृष्ण लामिछानेलाई एक लाख ४६ हजार ८१६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सन् २०१४ मा रोजगारीको सिलसिलामा युुुुएई आएका लामिछाने टेकमार्ट जेबल अली कम्पनीमा कार्यरत थिए । सडक पार गर्ने क्रममा दुर्घटनामा परि उनको मृत्यु भएको थियो ।

अविवाहित लामिछानेको घरमा सुस्त मनिस्थितिका एकजना दाजु र एकजना १४ वर्षको भाइ रहेका छन् ।

यसैबीच, वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा श्रमरत तनहुँबासी नेपालीहरु जिल्लाको सामाजिक, शैक्षिक तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्यका साथ संगठित हुन थालेका छन् ।
१३ जुलाई २०१८ शुक्रबरका दिन दुबईमा भएको एक भेलाले दिपक खड्काको संयोजकत्वमा १९ सदस्यीय तनहुँ सेवा समाज यूएईको तदर्थ समिति गठन गरेको हो ।

सो तदर्थ समितिले आगामी दुई हप्ताभित्र युएईमा रहेका तनहुँबासीहरुको बृहत भेला बोलाएर नयाँ कार्यसमिति चयन गर्ने भेषराज ढकालले जानकारी दिए ।

तनहुँ सेवा समाज यूएईको तदर्थ समितिका सदस्यहरुमा भिम श्रेष्ठ, कृष्ण पन्त, भेषराज ढकाल, कृष्ण आचार्य, महेस श्रेष्ठ, टेकबहादुर गुरुङ, अमर रानाभाट, कृस सुनार, भरत दुलाल, हिरालाल श्रेष्ठ, कृष्ण पौडेल, सुरिन भुजेल, बाबुराम भट्टराई, नेत्र लामिछाने, बिष्णु थापा, अपिल भट्टराई, कृष्ण लामिछाने र लिलाप्रसाद भट्टराई रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *