Sajhamanch Archive

वन कार्यालयका प्रमुख घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख श्रेष्ठले घर बनाउने सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको बार्ड १४ नयाँ गाउँबाट नियन्त्रणमा लिइएको प्रवक्ता भुषालले बताए ।

 

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *