मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Published: (Updated: )
by .विराटनगर । मोरङलाई जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । योसँगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औं जिल्ला बनेको छ ।
विराटनगरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले गमलाका रहेको फूलको विरुवामा पानी हाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।
जिल्लालाई जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उनले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएपनि भोलिका दिनमा यसलाई निरन्तरता दिने कुरामा सबैको ध्यान जान जरुरी भएको बताए ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चित गर्नका लागि खो कार्यक्रमलाई निरन्तरता दिदै यसलाई चलाखीपूर्ण रुपमा निगरानी गर्ने आवश्य रहेकोमा जोड दिए ।
मन्त्री घिमिरेले यदी खोप कार्यक्रमलाई निरन्तरता दिन नसकेको खण्डमा भविस्यमा फेरी महामारी रोग फैलिन सक्नेप्रति सवै सजग हुनेपर्ने बताए ।
कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रोलले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि तयार परिएको प्रतिवद्धता पत्र पढेर सुनाएका थिए ।
जिल्ला जनस्वास्थ्य मोरङका निमित्त प्रमुख रमानन्द यादवले जिल्लाका १५ महिना उमेर पुगेका सबै बाल बालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए । ०७० सालमा मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो ।
पछिल्लो समय ०७५ सालमा सुन्दर हरैचालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको घोषणा गरिएको थियो । मोरङका १ महानगर ८ नगरपालिका र ८ गाउँपालिका सहित १७ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोणण भइसकेको छ ।
कार्यक्रममा मोरङ जिल्लामा ३३३ खोपकेन्द्र मार्फत ११ सरुवा रोगविरुद्ध २० हजार हजार ७५ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।
Comments