Sajhamanch Archive

ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

हेटौंडा । मकवानपुरको धियालमा आज विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बकैया गाउँपालिका वडा नं. २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नं. ३ का ३४ वर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *