Sajhamanch Archive

ए डिभिजन लिग : हिमालयन शेर्पा थ्रीस्टारसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५० औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए ।

हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए ।

थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको हिमालयन शेर्पा ११ औं स्थानमा छ ।

शीर्ष स्थानमा रहेको आर्मीको सात खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि आठ खेलबाट १६ अंक पुगेको छ । सात खेलबाट १३ अंक बनाएको मनाङ चौथो स्थानमा छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *