Sajhamanch Archive

‘दीपक मनाङे’ माथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

कास्की । गण्डकी प्रदेश सभाका सांसद दीपक “मनाङे” भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए ।

गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले बताए ।

 

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *