Sajhamanch Archive

हात्तीको दाह्रासहित एक जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ललितपुर । ललितपुरबाट प्रहरीले हात्तीको दाह्रासहित एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नंं.१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *