Sajhamanch Archive

पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर तिवारी घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भोजपुर । पुनर्निर्माण प्राधिकरण भोजपुरका एक कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पुनर्निर्माण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारीलाई घुससहित अख्तियारले पक्राउ गरेको हो ।

इन्जिनियर तिवारीलाई आज ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गरेको हो । इन्जिनियर तिवारी भोजपुर नगरपालिका वडा नं. ७ डाँडागाउमा रहेको प्रधान होटल एण्ड लजमा घुस रकम लिन पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले तिवारीलाई प्रधान होटल एण्ड लजबाट घुससहित पक्राउ गरेको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *