Sajhamanch Archive

सापकोटाविरुद्धको मुद्दा फुयाँलले हेर्न नमिल्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा परेकोमा उनले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ आज नहुने भएको हो ।

न्यायाधीश हुनुअघि फुयाँलले नै सापकोटाको मुद्दामा पक्षबाट बहस गरेकाले उनको इजलासमा सुनुवाइ हुन नमिल्ने भएको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *