Sajhamanch Archive

भारतको गणतन्त्र दिवसमा नेपाललाई एम्बुलेन्स र बस हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस प्रदान गरेको छ ।

भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । दूतावासले अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविसहित विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा स्कूल बससमेत हस्तान्तरण गरेको छ ।

भारतीय दूतावास लैनचौर काठमाडौंमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान गरेको छ । दूतावासका अनुसार एक वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरिएको दूतावासले जनाएको छ ।

कार्यवाहक राजदूत डा. अजय कुमारले सातवटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरे । कार्यवाहक राजदूत कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले हालसम्म नेपालका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७८२ वटा एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १५४ स्कूल बस प्रदान गरेको दूतावासले जनाएको छ ।

दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *