Sajhamanch Archive

जनताको तटबन्धन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै स्थानीय बासी

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का कनकाई नदीको कटानबाट पिडित स्थानीयहरुले जनताको तटबन्धनको कार्यालय गैंडेमा ज्ञापन पत्र बुझाएका छन् ।

वडा नं. ७ स्थित कनकाई माईमा तटबन्ध निर्माणको कामले निरन्तरता पाउनुपर्र्ने माग राख्दै स्थानीयहरुले जनताको तटबन्धनको कार्यालय गैंडेमा ज्ञापन पत्र बुझाएका हुन् ।

पिडितहरुले तटबन्ध निमार्ण गर्दा पनि गत बर्षहरुमा स्थानीय उपभोक्ताहरुलाई निर्माण समितिमा नराखिएकोमा कार्यालयलाई ध्यानाकर्षण समेत गराएका थिए । यता जनताको तटबन्धनको कार्यालय गैंडेका प्रमुख कैलाश श्रेष्ठले भने बजेट अभावका भएको र बजेटको लागी पहल प्रयास भई रहेको जानकारी दिए । उनले ेबजेट आएपछि फेरी कामले तिब्रता पाउने आश्वासन दिए ।

कनकाई नदी नियन्त्रण तथा व्यवस्थापन योजना अनुरुप ५३ दशम्लब १ किलोमिटर तटबन्ध निर्माण गर्नूपर्ने भएता पनि आर्थिक बर्ष २०७५।७६ मा ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *