Sajhamanch Archive

कुमार स्याङबोको फिल्फिल जामाको म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो, लोकप्रिय by .

भक्तपुर । लामो समयसम्म सांगीतिक दुनियाँभन्दा बाहिर रहेका विरे तामाङ फिल्फिल जामा भन्दै पुनः फर्किएका छन् ।

तामाङ सांगीतिक इतिहासमा हजारभन्दा बढी गीतका सर्जक कुमार स्याङ्वोको रचना फिल्फिल जामा बोलको तामाङ दोहोरी गीत गाउँदै उनी पुनः सांगीतिक दुनियाँमा फर्किएका हुन् । गीतमा जितु लोप्चनले विरेलाई साथ दिएका छन् ।

निकै नै रोमान्टिक सो गीतको संगीत गायक एवं संगीतकार विशाल काल्तानले गरेका हुन् । माया प्रेममा आधारित सो गीतको भिडियोमा नायक तथा नायक कुमार मोक्तानका साथमा निराञ्जली लामालाई देख्न पाइन्छ । सो म्यूजिक भिडियोको निर्देशन प्रतिक ङ्यासुरले गरेका छन् । म्यूजिक भिडियाकोे छायांकन भक्तपुरमा भएको थियो ।

भक्तपुरको पाण्डुबजारमा पत्रकार सम्मेलन मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ संगीतकार तथा गायक तामाङ सेलो सम्राटबाट चिनिने चन्द्रकुमार दोङले म्यूजिक भिडियो सार्वजनिक गरिदिएका हुन् ।

म्यूजिक भिडियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *