Sajhamanch Archive

ट्रक दुर्घटनामा घाईते सिमखडाको अटो दुर्घटनामा परी ज्यान गयो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नं.२ मयुम बस्ने ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान करिब १० बजे चैनपुरभित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रकले पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिँदा उनी घाईते भएकी थिइन् ।

घाईतेलाई को २ ह ५४१४ नम्बरको अटोमा उपचारका लागि लैजादै गर्दा करिब एक सय मिटरको दुरिमा अटो समेत अनियन्त्रीत भई दुर्घटना हुँदा बाटुलीलाई इस्ट्रेचरमा राखेर पुन उपचारार्थ लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ट्रक चालक सुनसरी धरान उपमहानगरपालिका वडा नं.१७ बस्ने डम्बर बि.क. र ट्याम्पो चालक संखुवासभा चैनपुर मयुम बस्ने गोबिन्द प्रसाद कोइराला ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *