Sajhamanch Archive

टिप्परले ठक्कर दिँदा महिलाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गोरखा । गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ ।

गोरखा नगरपालिका वडा नंं.१० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खड्काले जानकारी दिए ।

बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ‘ब्याक’ गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिप्परमा आगजनी गर्नुको साथै त्यहाँ रहेका अरु टिप्परमा पनि तोडफोड गरेका छन् ।

आक्रोशित स्थानीयले अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द नभएसम्म शव नउठाउने अडान लिएका छन् । अहिले वार्ताको प्रयास भैरहेको डीएसपी खड्काले बताए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *