Sajhamanch Archive

यौन हिंसाको आरोपमा एसएसपी राणा निलम्बित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

सुनसरी । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।

आज संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।

एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *