Sajhamanch Archive

गुडिरहेको गाडी एक्कासी पल्टियो, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले सवारी साधन र चालक वडा नं ६ बस्ने ३८ वर्षीय राधेश्याम लवजुलाई पक्राउ गरेको र मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको उनले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *