Sajhamanch Archive

सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार तयार छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको बताएका छन ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर सबै स्थानीय तहमा बैंक स्थापना हुने र बैंकहरुलाई सुरक्षा दिने योजना भैरहेको बताए ।
सरकारले सबै स्थानीय तहमा अब तत्काल बैंक स्थापना गर्ने पनि जानकारी दिए ।

मंगलबार नविल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै आर्थिक कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा तीन महिना भित्र बैंक स्थापना गरिसक्नुपर्ने बताएका छन ।

उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *