Sajhamanch Archive

धरान उपमहानगरपालिकाका नगरप्रमुखको निधन

Published: (Updated: ) in समाज by .

धरान ।  धरान  उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ।

निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो।

दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो।

विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ।

-थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *