Sajhamanch Archive

सुरक्षाका अभावमा स्थानीय तहमा बैंक स्थापना ढिलाई : राष्ट्र बैंक

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे।

रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै उनले सुरक्षाको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयसँग अनुरोध गरे।

राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक संचालन गरिसक्ने योजना बनाएको थियो। डेपुटी गभर्नर शिवाकोटीले कतिपय स्थानमा सुरक्षा चुनौतिका कारण बैंक संचालनमा कठिनाई भईरहेको पनि स्पष्ट पारे।

७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५६ वटा स्थानीय तहमा मात्रै बैंक स्थापना गरिएका छन्।

-थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *