सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क उठाउन खोजेको अभिभावक गुनासो
Published: (Updated: )
by .विराटनगर । पटक पटक विभिन्न विवादहरुमा मुछिँदै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन ।
सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने बताएपछि आन्दोलित बनेका अभिभावकहरुले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराए ।
चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । तर कलेज प्रशासनले बढी शुल्क माग गर्दै अग्रिम रुपमा नबुझाए विद्यार्थीलाई पठनपाठनमा समावेश नगर्ने बताएपछि अभिभावकहरु चिन्तित र आक्रोशित बनेका छन ।
सरकारले तोकेको पहिलो किस्ताको रकम १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजले अभिमुखीकरण कार्यक्रम गर्दै बढी शुल्क माग गरेको थियो । कलेजले बदनियतपूर्ण तरिकाले सरकारले तोकेकोभन्दा बढी शुल्क माग गरेको भन्दै ४० जना अभिभावकले हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, अख्तियार दुरूपयोग अनुन्सधान आयोग र मोरङ प्रहरीमा ज्ञापनपत्र बोधार्थ दिएका छन् । नोबल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क मागेको अभिभावक हेमन्तकुमार शर्माको गुनासो छ । उनका अनुसार बढी शुल्क भएको भनेर प्रशासन सँग कुरा गर्दा बिद्यार्थीलाई पठनपाठनमा समाबेश नगर्ने धम्की दिएपछि आफुहरु आन्दोलित भएको बताए ।
पूर्वेली न्यूज
Comments