दोलखाका तत्कालीन प्रजिअ रिजाललाई पाँच मुद्दा दायर
Published: (Updated: )
by .काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । उनले विभिन्न मुद्दासम्बन्धी केश लाग्छ तथा कारागारको डरत्रास देखाई बार्गेनिङ गर्ने गरेको र फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरी ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
यस्तै अनुगमनमा नगइ अनियमित तरिकाले ७७ हजार ६०० भ्रमण भत्ता समेत लिएको पाइएको भन्दै अख्तियारले रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अनलाइनखबर
Comments