Sajhamanch Archive

वडाध्यक्ष मृत भेटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अछाम । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव आज बिहान भेटिएको जनाएको छ ।

वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *