Sajhamanch Archive

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । किशोरीलाई जबरजस्ती करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका वडा नं.३ का २४ वर्षीय राजु भन्ने धनबहादुर परियार रहेका छन्।

परियारमाथि गत पुस २२ मा संखुवासभाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ। परियारलाई तेह्रथुमको छथर गाँउपालिका वडा नं.१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *