Sajhamanch Archive

सिम्रिकद्वारा सदस्यलाई कृषि तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले टाघनडुब्बामा एकदिने धान,मकै र लहरे तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा टाघनडुब्बा सेवाकेन्द्रमा आयोजित तालिमको अध्यक्षता शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

उक्त तालिमको सहजीकरण जिल्ला कृषि कार्यालयका शेषराज पौडेलले गरेका थिए । तालिममा पौडेलले चैते धान खेती प्रविधि,धान,मकै वाली र लहरे तरकारीमा लाग्ने रोग नियन्त्रणका उपाय,व्यवसायिक खेती गर्ने तरिकाका बारेमा अवगत गराएका थिए ।

टाघनडुब्बा सेवाकेन्द्र शेयर सदस्यहरुलाई धान,मकै र लहरे तरकारी खेतीमा आत्मानिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत बताए । तालिममा एक सयभन्दा बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाका शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेश सुवेदीले मन्तव्यबाट स्वागत गरेको तालिमको सञ्चालन तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *