Sajhamanch Archive

कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् ।

चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ । यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ ।

भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन् । चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन् । एजेन्सी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *