Sajhamanch Archive

कोहेड २५ वर्षमा : शिक्षक अभिभावक सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कमनर्स होम फर एजुकेसनद्धारा संचालित कोहेड विद्यालयले आज आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। विद्यालयले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षक विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ। प्रध्यानाध्यापक उमानाथ ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा विर्तामोड नगर शिक्षा शाखा अधिकृत तिलचन भण्डारीको प्रमुख आतथित्यता रहेको कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा गेयनाथ न्यौपाने ,उत्कृष्ट अभिभावक जयनारायण चापागाई र नियमीत बिद्यालय उपस्थित हुने विद्यार्थी तपस्या खनाल लाई नगद सहित सम्मान गरिएको विद्यालयका सह- प्राध्यानाध्यापक कमल तिम्सिनाले जानकारी दिए।

विद्यालयको तर्फ बाट गेयनाथ न्यौपानेले र विद्यायार्थी गरीमा ताजपुरीयाले स्वागत गरेका थिए । अभिभावक रुपा राजवंशी विद्यालय संचालक होम सिटौलाले विद्यार्थीहरुमा आएको परिवर्तनका विषयमा धारणा राख्दै समय अनुरुप रचनात्मक हुदै जाने बताए । विद्यालयमा हाल पढाई संगै अतिरिक्त क्रियाकलापहरु गायन ,नृत्य ,मार्सलआर्ट लगाएतका विधामा प्रशिक्षण दिदै आएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले संस्थागत विद्यालयले शैक्षिक गुणस्तरमा टेवा पुर्याएको चर्चा गर्दै,सबैको सहकार्यमा शिक्षा क्षेत्रलाई मर्यादित र ब्यबस्थित बनाउनु पर्नेमा जोड दिए। यसै अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी,खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।  सह- प्राध्यानाध्यापक तिम्सिनाले औपचारिक र अन्य कार्यक्रम विद्यार्थी निश्चल राजवंशी र पुकार कार्कीले संचालन गरेका थिए । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *