विद्यार्थीलाई फिल्म निर्माण सम्बन्धि सामाग्री प्रदान
Published:
by .कमल । किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज एक कार्यक्रम बिच विद्यार्थीहरुलाई सर्ट फिल्म निर्माण सम्बन्धिका सामाग्री हस्तान्रण गरिएको छ ।
व्रिटिस काउन्सिल नेपाल, ईन्टो फिल्म युके, युनिसेफ नेपाल र चलचित्र विकासवोर्ड नेपालको समन्वयमा देशभरबाट छनौंट भएका १२ वटा विद्यालय मध्ये झापा र इलामका एक÷एक विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको हो । झापाको कनकाई नगरपालिका स्थित श्री रविशंकर इङ्लिस बोर्डिङ्ग स्कुल र ईलामको चुलाचुली २ स्थित सनफ्लावर ईङ्गलिस वोडिङ्ग स्कुलका विद्यार्थीहरुलाई सर्ट फिल्म निर्माण सामाग्री प्रदान गरिएको हो ।
विद्यायलयमा अध्ययनरत विद्यार्थी मध्ये छनौटमा परेका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत फिल्म निर्माण सम्बन्धिको तालिम दिन लागीएको र तालिम पछि फिल्म निर्माण सम्बन्धिको सम्पुर्ण काम विद्यार्थी स्वयमले गर्ने सनफ्लावर ईङ्गलिस वोडिङ्ग स्कुल चुलाचुली ईलामका प्रिन्सिपल छवि खनालले बताए ।
प्रदान गरिएको सामाग्री अन्तर्गत क्यामरा, ट्राईपोट, आईप्याड, अडियो डिभाईस, माईक्रोफोन लगायतका सामाग्रीे विद्यालयका सस्थापक ओमनारायण खनाललाई प्रदान गरिएको हो । प्रदान गरिएको समाग्रीको प्रति विद्यालय चारलाख मुल्य बरावरको रहेको व्रिटिस काउन्सिल नेपाल रविक उपाध्यायले जानकारी दिए ।
Comments