Sajhamanch Archive

प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण देखाउँदै नेकपाको सचिवालय बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने जानकारी आयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अर्को मिति तय भैसकेको छैन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली केही दिनयता लगातार कार्यक्रमहरुमा सहभागी हुनुपरेको तथा शनिबार नियमित डायलाइसिस पनि भएकाले उहाँ आज कुनैपनि कार्यक्रममा सहभागि नहुने जानकारी दिए ।

गत माघ १९ गते नेकपा केन्द्रीय समिति बैठक समापनअघि सचिवालय बैठक बसकेको थियो ।

 

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *