Sajhamanch Archive

मनाङ मर्स्याङ्दी क्लब र एनआरटी भिड्दै

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटीबीच खेल हुँदैछ ।

११ औं चरणको अन्तिम खेल अन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो ।यसअघि शनिबारै हलचोकस्थित एपीएफ मैदानमा मनाङ र एनआरटीबीच खेल हुने एन्फाले जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको सयमा खेल हुन नसकेको भन्दै एन्फाले उक्त खेल आजलाई सारेको हो ।

खेल दिउँसो १ बजे सातोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।१० खेलबाट १९ अंक जोडेको मनाङ अंक तालिकाको चौथो स्थानमा छ । समान खेलबाट १५ अंकसहित एनआरटी सातौंमा छ ।

उता, शीर्ष ६ मा लिग सकाउने लक्ष्य राखेको एनआरटीका लागि पनि मनाङविरुद्धको खेल महत्त्वपूर्ण छ । मनाङलाई पराजित गर्न सके एनआरटी पाँचौं स्थानमा उक्लनेछ ।

लिगमा अब २ चरणको खेल बाँकी हँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधि होडमा अघि छन् । आर्मी ११ खेलबाट २६ अंकसहित शीर्षमा छ भने २५ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।

दुवै टोली पहिलो पटक लिग उपाधि जित्ने दाउमा छन् । १२ औं चरणमा आर्मीले ब्रिगेड ब्वाइज क्लब तथा मछिन्द्रले संकटा क्लबसँग खेल्नेछ । लिगकै अन्तिम खेलमा यी दुई टोलीबीच नै भिडन्त हुनेछ । १२ औं चरणको खेलमा दुवै टोली विजयी भए उपाधि छिनोफानो अन्तिम चरणको खेलबाट हुनेछ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *