Sajhamanch Archive

काँकरिभट्टामा पनि आजदेखि होटल हिकोला हेरिटेज

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by .

मेचीनगर । होटल हिकोला हेरिटेजको नयाँ शाखा आइतबार काँकरभिट्टामा सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उक्त होटलको उद्घाटन गरिदिएका छन् ।

उद्यमी देवीभक्त श्रेष्ठ–उर्मिला बिमली दम्पत्तीले बिर्तामोडमा पाँच वर्ष अघि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका थिए । यसैको चेन मार्केटका रुपमा पर्यटन व्यवसायलाई थप उन्नत बनाउन काँकरभिट्टामा सोही नामको अर्को होटल सञ्चालनमा ल्याएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल आउने विदेशी पर्यटकलाई पूर्वीनाकामा सुविधा पुर्याउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालक श्रेष्ठको भनाई छ ।

मुख्यमन्त्री शेरधन राईले उद्घाटन अवसरमा बोल्दै मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश नं. १ मा पँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा होटलका सञ्चालक देवीभक्त श्रेष्ठले अतिथिहरुलाई स्वागत गर्दै नेपाल आउने पाहुनालाई पूर्वीद्वार काँकरभिट्टामा न्यानो स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको बताए ।

होटल सञ्चालनमा ल्याउन ५ करोड रुपैयाँ लगानी भएको जनाइएको छ । होटलमा सुविधा सम्पन्न २१ वटा रुम र २०० जना अटाउने दुईवटा सभाहल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *