Sajhamanch Archive

विर्तामोडमा पूजा इम्पोरियम

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । उपभोक्तालाई उचितमूल्यमा गुणस्तरीय घरायसी सामान उपलब्ध गराउने उद्देश्यले मेचीअञ्चलको प्रमुख व्यापारिक शहर विर्तामोडमा पूजाइम्पोरियम नामक व्यापारिक प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ ।

व्यवसायमा लामो अनुभव संगाली सकेका र आम उपभोक्ताको मन जित्न सफल व्यवसायी पवन अग्रवाल र राजेन्द्रप्रसाद सैनीको संयुक्त लगानीमा विर्तामोडको काँकरभिट्टा रोडस्थित मेगाकम्प्लेक्स छेउमा पूजा इम्पोरियम सञ्चालनमा आएको हो ।

शनिबार वैदिकविधि अनुसार पूजाआजा गरी सञ्चालन पवनकी ९३ वर्षाीया आमा सरस्वती देवी अग्रवालले सो प्रतिष्ठानको शुभारम्भ गरिन् ।
आफ्नो प्रतिष्ठानमा जापान, कोरिया, थाइल्याण्ड, चीनलगायतका देशमा उत्पादित गुणस्तरीय घरायसी सामग्री उपलब्धहुने सञ्चालक अग्रवालले जानकारी दिए ।

उनका अनुसार घरायसी सामग्रीका लागि पूजा इम्पोरियममा पस्ने उपभोक्ताले चाहिएको सामान नपाएर फर्कनु नपर्ने बताए । लामो समय धुलाबारीमा घरायसी सामानकै व्यवसाय सञ्चालन गरेका पवनले आफ्ना शुभचिन्तकहरुको आग्रह अनुसार विर्तामोडमा व्यापार विस्तार गरेको जानकारी दिए ।

सो इम्पोरियममा विविध प्रकारका घरायसी सामानका साथै विदेशी ब्ल्याङ्केट, सुटकेस, ब्याग, म्याट, गिफ्ट आइटम, आकर्षक भित्ते घडी, केटाकेटीका खेलौनाहरु उपभोक्ताले सुलभ मूल्यमा प्राप्त गर्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *