Sajhamanch Archive

छिमेकीको खुकुरी प्रहारबाट घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते भएका छन।

थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। थापा र मुखियाँ बिच लेनदेनको बिषयमा बिबाद भएको प्रहरीले जनाएको छ।

घाइते थापालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने कुमाललाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *