Sajhamanch Archive

ठूलो परिमाणको लागु औषधसहित युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्।

सप्तरीको खडक नगरपालिका वडा नंं.५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका वडा नं.५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ।

भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताए।

 

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *