Sajhamanch Archive

स्पानिस ला लिगा : रियल मड्रिड र बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद by .

 स्पानिस ला लिगाको उपाधि होडमा रहेका २ क्लब रियल मड्रिड र बार्सिलोनाले पुनरागमन जित हात पारेका छन् ।

आइतबार राति भएको पहिलो खेलमा लिग लिडर रियलले ओसासुनालाई ४–१ ले पारजित गर्दै बार्सिलोनासँग अंकदूरी ६ बनाएको थियो । केही घण्टापछि नै बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गर्दै अंकदूरी पुनः ३ मा झारेको छ ।

अवे मैदानमा भएको खेलमा दुवैले दुवैले १ गोलले पछि परको अवस्था उल्टाएर जित हात पारेका थिए।जितपछि रियल २३ खेलबाट ५२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

रियलविरुद्ध ओसासनाले घरेलु मैदान उनाई गार्सयाको गोलमा १४ औं मिनेटमा अग्रता बनाएको थियो । तर इस्को र सर्जियो रामोसले गोल गरेपछि रियलले पहिलो हाफमै अग्रता बनायो । इस्कोले ३३ औं मिनेटमा बराबरी गोल फर्काउँदा रामोसले ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफको अन्त्यतिर २ गोल थप्दै रियलले जित हात पारेको हो । रियलका लागि ६४ औं मिनेटमा लुकास भजक्वेज र इन्जुरी टाइममा लुका जोभिचले गोल गरे ।

यस्तै बार्सिलोनाले छैटौं मिनेटमा गोल खाएर पनि पुनरागमन गर्‍यो र प्रतिस्पर्धात्मक खेल ३–२ ले जित्यो । जसमा दुई खेलाडीले रातो कार्ड पाए। घरेलु मैदानमा बेटिसले पेनाल्टी गोलमा अग्रता लिएको थियो । सर्जियो कानालेसले पेनाल्टीमा गोल गर्दै बेटिसलाई अग्रता दिलाए पनि त्यो धेर बेर टिकेन । नवौं मिनेटमै फ्रेन्की डी जोङल बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

२६ औं मिनेटमा नविल फेकिरले गोल गर्दै बेटिसलाई पुनः अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा सर्जियो बुस्केटले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । ७२ औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए ।

७६ औं मिनेटमा बेटिसका गोलकर्ता फेकिर रातो ९दोहोरो पहेँलो० कार्ड खाँदै मैदान बाहिरिएपछि बेटिस दश खेलाडीमा झर्‍यो । त्यसको ३ मिनेटमापछि बार्सिलोनाका गोलकर्ता लेङलेट पनि उस्तै परिस्थिति सामाना गर्दै मैदान बाहिरिए । दुवै टिमले

१०–१० खेलाडीमा रहेर खेलको अन्त्य गरे । बार्सिलोनाको लागि तीनवटै गोलका लागि कप्तान लिओनल मेस्सीले असिस्ट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *