Sajhamanch Archive

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या रहस्यमय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ललितपुर । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ ।

ललितपुर महानगरपालिका वडा नं.२ सानेपामा रहेको आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा  मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । उनको घरमा काम गर्ने विजय चौधरी भने मृत अवस्थामा भेटिएका प्रहरीले जानकारी दिएको छ ।

चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान गरिरेहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *