Sajhamanch Archive

किशोरी बेचबिखन गर्न खोजेको आरोपमा दुईजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गोरखा । १७ वर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं.७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज ९बिक० लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए ।

उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका लागी भागेर घर फर्किएकी थिइन् । त्यसपछि घटनाबारे आमालाई सुनाएकी थिइन् । आमाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका डीएसपी खतिवडाले बताए ।

‘कक्षा ९ मा पढ्ने बालिकालाई तिम्रो हाइट पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने तिम्रो भाग्य चम्किन्छ, एक करोड पाउछौ भनेर ललाइफकाइ गरेछन्,’ डीएसपी खतिवडाले भने ।

उनका अनुसार माघ २३ गते ढकाल र दूतराजले उक्त व्यक्तिहरुले बालिकाको हाइट नापेर भिडियोसमेत बनाएका थिए । ‘अघिल्लो दिन भिडियो बनाए, भोलिपल्ट (माघ २४ गते) बालिकालाई लिएर उनीहरु घरबाट हिँडे,’ उनले भने, ‘बाटोमा पुगेपछि बालिकालाई शंका लागेछ अनि भागेर घर आइछिन् र आमालाइ भनिछन् ।’

प्रहरीमा जाहेरी परेपछि ढकाल र दूतराजलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । उनीहरु विरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *