Sajhamanch Archive

लगनगाँठो कस्दै आँचल

Published: (Updated: ) in टिप्स/जानकारी by .

गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ ।

आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् । दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई थियो ।

यसबीच, उदिपसँग उनको विवाहको मिति बाहिर आएको छ । आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । दुईले एकसाथ तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चामा मलजल पुगेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रटान मात्र लगाइरहे ।

एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् । उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक फिल्म गर्ने बताइएको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *