Sajhamanch Archive

दुर्घटनामा नायिका सिलवाल र उनकी बहिनीको मृत्यु

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

झापा । नायिका महिमा सिलवालको दुर्घटनामा ज्यान गएको छ। नायिका सिलवाल र उनकी बहिनी शर्मिला स्कुटरमा सवार थिए । दूर्घटनामा सिलवाल दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र शर्मिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल दिदी बहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे एकापसमा ठोक्किएका थिए ।

कारवाही चलचित्रबाट डेब्यु गरेकी सिलवालले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

धादिङको गजुरी–२ चाम्बास भन्ने ठाउँको घुम्तीमा यात्रुबस र नायिक सिलवाल सवार स्कुटी एक आपसमा जुधेको थियो । प्रहरीले चालकलाई नियन्त्रन्णमा लिएको छ भने सिलवालको शव पोस्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *