शुक्रराज आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन
Published: (Updated: )
by .भद्रपुर । विर्तामोड ८ देउनिया स्थित शुक्रराज आधारभूत विद्यालयको अभिभावक भेलाले डम्बर तिम्सिना नेतृत्वमा ९ सदस्य व्यवस्थापन समिति गठन गरेको छ ।
तीन वर्षे कार्यकालका लागि गठित समितिमा मनानित र निर्वाचित गरी ९ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो । समितिमा होमकुमारी कुावर, कल्पना ढुंगेल, गोपाल भण्डारी, लक्ष्मी घिमिरे लगायत रहेका छन् । यस्तै सोही भेलाले किरण तिम्सिनाको नेतृत्वमा विद्यालय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
डम्बर तिम्सिनाको अध्यक्षता तथा विर्तामोड ८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयलाई आर्थिक तथा सिन्सी सहयोग गर्ने दाता एकराज विष्ट, किरण तिम्सिना, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जगदम्बा प्लाइउड इण्डष्ट्रिज, सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका शिक्षक लेखराज काफ्लेले स्वागत गरेको कार्यक्रममा प्रधान अध्यापक कृष्ण सुवेदी निराकारले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए भने विद्यालयका विद्यार्थीहरूले विविध साँस्कृतिक गीत तथा नृत्य कला प्रस्तुत गरेर देखाएका थिए ।
Comments