Sajhamanch Archive

आश्रमका वृद्धवृद्धामाझ थापाको जन्मदिन केक काटेर मनाइयो

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । आज फागुन २ गते, फेब्रुअरी १४ तारिक अर्थात् प्रणय दिवस । आज जन्मदिन भएका मानिसहरुले यो दिनलाई कसरी स्मरणीय बनाउलान् ! जन्मदिन मनाउने तरिका हरेकका फरक फरक हुने नै भए । यहाँका एक युवाले पनि आफ्नो जन्मदिनलाई रचनात्मक तथा यादगार बनाएका छन् ।

झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका मेची अञ्चल प्रमुख गुञ्जन थापाले आफ्नो जन्म दिनलाई स्मरणीय बनाएका हुन् । थापाले बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरु बीचमा आफ्नो जन्मदिन मनाएका हुन् ।

‘आज मेरो जन्मदिनमात्र होइन, प्रणयदिवस पनि हो । यसैले आफन्त र छोराछोरी बिहीन अवस्थामा वृद्धाश्रममा बसिरहेका बावुआमासँग माया साट्न पाउनु पनि मेरो लागि गौरवको विषय हुनेछ भन्ने ठानेर उहाँहरुलाई सामुहिक खाना तथा फलफूल प्रदान गरेको हुँ’ थापाले साझामञ्चलाई बताए ।

आफूलाईमात्र हेर्ने चलन बढेकाले ज्येष्ठ नागरिकहरु, असहाय बुवाआमाहरुलाई सम्मान दर्शाउन पनि यस्तो कार्य गरिएको थापाको भनाई छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारीसहित वृद्धाश्रममा नै पुगेर थापाको जन्मदिनको केक काटेर मनाएका हुन् । वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुले समेत थापालाई केक खुवाएर आशीर्वाद दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *