म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, ३० मिलियन युरो जरिवाना
Published:
by .म्यानचेस्टर सिटीलाई युरोपियन क्लब प्रतियोगिताका आगामी दुई सिजनमा प्रतिवन्ध लगाइएको छ । प्रिमियर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको हो ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएको छ । सिटीले प्रायोजनबापतको झुटो रकम देखाएर झुटो विवरण बुझाएको युइएफएले आरोप लगाएको छ ।
साबिक विजेता सिटीले प्रिमियर लिगमा रहन पनि ३० मिलियन युरो जरिवाना तिर्नु पर्ने भएको छ । युइएफएको यो निर्णयविरुद्ध म्यानचेस्टर सिटीले खेल अदालतमा पुनरावेदन गर्न पाउने छ । उसले पूर्वाग्रही निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
प्रिमियर लिगमा सिटीको अंक घट्न पनि सक्छ । प्रतिबन्धको अर्थ म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग वा युरोपा कप फुटबल खेल्न पाउने छैन । (एजेन्सी )
Comments