Sajhamanch Archive

आफ्नै मन्त्रीलाई राजपाका कार्यकर्ताद्वारा कालोमोसो लगाउने प्रयास

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् ।

प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आज बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् ।

मन्त्री साह एक निजी अस्पतालको कार्यक्रममा सहभागी हुन् जाँदै गर्दा राजपाका नेता कार्यकर्ताले घेरेर कालोमोसो दल्ने प्रयास गरेपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । मन्त्रीलाई घेर्ने झन्डै एक दर्जनलाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा, मन्त्री साहलाई भेटेर मन्त्रालय र मन्त्रीको काम कारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साहले नेता झालाई तपाईंको औकात के छ भनेर भनेका थिए ।

यसपछि आक्रोशित बनेका नेता झाले समाजिक सञ्जालमा मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउन चुनौती दिएका थिए । यदी सहभागी भए कालोमोसो दल्ने चेतावनी उनले दिएका थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *