Sajhamanch Archive

कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि ….

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ ।

श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडेको बताएपछि छात्रामाथि यस्तो गरिएको जानकारीमा उल्लेख छ ।

प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि छात्राहरुलाई स्वामीनारायण सम्प्रदायको नियमबारे जानकारी दिँदै महिनावारी भएका विद्यार्थीलाई आफ्नो इच्छा अनुरुप अगाडि आउन भनियो । स्वामीनारायण सम्प्रदायको नियम अनुसार महिनावारीका बेला महिला मन्दिर र भान्छामा जान पाउँदैनन् ।

छात्राले उक्त घटनापछि आफूलाई मानसिक आघात पुगेको भन्दै यसका लागि जिम्मेवार व्यक्तिविरुद्ध कानूनी कारवाहीको माग गरिरहेका छन् ।

गुजरात राज्य महिला आयोगकी अध्यक्ष अंकोलियाले बीबीसी गुजरातसँगको कुराकानीमा आयोगको तर्फबाट चार व्यक्तिविरुद्ध पुलिसमा ऊजुरी दिइएको छ जसमा कलेजका प्रधानाध्यापक पनि समावेश छन् ।

राष्ट्रिय महिला आयोगले यो घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ जसले कलेजको भ्रमण गरेको छ । कलेज प्रशासनले यो घटनामाथि आपत्ति जताउँदै यसबारे अनुसन्धान गरिने र कसैको पनि गल्ती स्विकार्य नहुने बताएको छ ।

यद्यपि, कच्छ युनिभर्सिटीकी उप–कुलपतीले उक्त घटना कलेजको नभई होस्टेलको बताउँदै यसमा नियम तोड्ने छात्राहरुले माफी पनि मागेको बताएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *