Sajhamanch Archive

झट्केली छोरीको बलात्कार गरेर हत्या गर्ने बुवा जेल चलान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंं.१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

भीमदत्त नगरपालिका वडा नं.१८ सालघारीका सौतेला बुबा चुनाराले घरमा कोही नभएको अवस्थामा छोरीको बलात्कारपछि हत्या गरेका थिए । गत पुस १४ गते इन्द्र चुनार तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका थिए ।

बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा चुनाराले बालिकालाई कुटपिट गर्नुका साथै बलात्कार गरेको प्रहरी समक्ष स्विकारेका छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *