Sajhamanch Archive

महिला टी-२० वरीयता : नेपालबाट को को कति नम्बरमा परे ?

Published: (Updated: ) in खेलकुद by .

आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट दुई महिला खेलाडीले स्थान बनाएका छन ।

जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् ।

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन् । टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ ।

नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन । नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *