Sajhamanch Archive

‘नीरफुल’ को पहिलो गीत रिलिज

Published: (Updated: ) in टिप्स/जानकारी by .

फागुन ३० गते रिलिज हुने ‘नीरफुल’को पहिलो गीत रिलिज भएको छ।

फूलमान बलको निर्देशकिय डेब्यू सिनेमाको ‘तिमी बदनामी बदनामी’ बोलको गीतमा अभिनेत्री रेखा थापा फिचर भएकी छन्।

यस गीतलाई निर्देशक बलको शब्दमा संगीतकार अर्जुन पोखरेलले तयार गरेका हुन्। गीतमा गायिका दुर्गा खरेलको स्वर रहेको छ।

गीतका कोरियोग्राफ्र राजेन्द्र राजबहाक हुन्।

सिनेमाले २०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष गर्ने कथा सिनेमामा देखाउने छ ।

सचिन घिमिरे र निर्देशक वलले संयूक्तरुपमा पटकथा लेखेको सिनेमामा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ। शान्ति वाइवा, जिग।मे घिसिङ। पुस्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा आदिको अभिनय रहेको छ।

 

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *