Sajhamanch Archive

विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडको अध्यक्षमा पुनः मोहन शिवाकोटी सर्वसम्मत

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड–३, सैनिकमोड झापाको दशौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

विर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले संस्थाको संक्षिप्त परिचय, कार्यक्रम संयोजक द्वय सोमनाथ आचार्य र फणिन्द्र दाहालले कार्यक्रमको उपलब्धि र प्रगति रिपोर्ट, कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकले समग्र कार्यक्रमको प्रगति प्रतिवेदन तथा लेखा÷प्रसासन अधिकृत एकेन्द्र उप्रेतीले आर्थिक प्रतिवेदन र संस्थाका नियमावलीहरु सभामा प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विर्तामोड नगर शिक्षा अधिकारी तिलचन भण्डारी, प्रमुख सल्लाहकार उमानाथ ओली, खानेपानी सरसफाइ उपभोक्ता संस्था विर्तामोडका उपाध्यक्ष पर्शुराम सिटौला, सदस्य विनोद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव रुद्रप्रसाद सिटौलाद्वारा सञ्चालन गरिएको कार्यक्रममा २८ जना नयाँ सदस्यलाई प्रमाण पत्र वितरण गर्नुका साथै संस्थामा कार्यरत कर्मचारीहरु क्रमशः कार्यक्रम संयोजकहरु सोमनाथ आचार्य, फणिन्द्र दाहाल, कार्यक्रम अधिकृतहरु महेन्द्र कार्की, अर्जुनकुमार पाठक, लेखा तथा प्रसासन अधिकृत एकेन्द्र उप्रेती, समुदाय परिचालक चन्द्रकला अधिकारी, संस्थाद्वारा सञ्चालित बाल विकास केन्द्रका सहजकर्ताहरु टिका खरेल, टिका प्रसाई आचार्य, कार्यालय सहयोगी लीला थापालाई सम्मान गरिएको थियो ।

सभाले आगामी ४ बर्षका लागि ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । नव निर्वाचित समितिमा मोहन शिवाकोटी अध्यक्ष, केशवराज पाठक उपाध्यक्ष, रुद्रप्रसाद सिटौला सचिव, जुनु प्रधान सह–सचिव, तेजप्रसाद पाठक कोषाध्यक्ष र सदस्यहरुमा पुण्य प्रसाई, राजु चाम्लिङ्ग, रणबहादुर राजवंशी, रुपा बोहोरा, स्वस्तिका आचार्य र गीता दर्नाल रहेका छन् ।

त्यसैगरी सभाले प्रमुख सल्लाहकार उमानाथ ओली, सल्लाहकारहरु भीष्म उप्रेती, पर्शुराम सिटौला, गणेश ओली, कृष्ण विमली, नारायण शिवाकोटी, शिवकुमार खरेल, विनोद गौतम र श्याम गुरुङ्ग रहेको नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त संस्थामा हाल ५१ जना आजीवन, मानार्थ र साधारण सदस्य रहेको संस्थाका सचिव सिटौलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *