Sajhamanch Archive

लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कैलाली । कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नंं.९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *