Sajhamanch Archive

अनारमनी पब्लिक क्याम्पसमा आगलागी : ५ लाख मूल्य बराबरको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा आगलागी भएको छ ।

शुक्रबार बिद्युत् सर्ट भई क्याम्पसको कार्यालय कक्षमा आगलागी भएको हो । आगलागीबाट करिब ५ लाख मूल्य बराबरको धनमाल क्षति भएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताए ।

उनका अनुसार आगलागीबाट कार्यालयमा भएका सरसामान र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । कम्प्युटर ३ थान, प्रिन्टर १ थान, टेलिफोन एक सेट, पुस्तक ¥याक एक थान, क्याम्पस प्रमुखको टेबुल कुर्सी, अध्यक्षको टेबुल कुर्सी, लेखापालको कुर्सी, प्लाष्टिकका कुर्सी १० थान, सानो काठको टेबुल २ थान, कार्पेट , सिलिङ पंखा, स्टेशनरीलगायतका सामान जलेर नष्ट भएको शिवाकोटीले जानकारी दिए ।

त्योसँगै विद्यार्थीहरुको लब्धांक पत्र र अन्य महत्वपूर्ण कागजातहरु पनि जलेर क्षति ब्यहोर्नु परेको क्याम्पसका अध्यक्ष राजकुमार पोखरेलले बताए । ‘आगलागीबाट अझै क्षति हुने थियो ’उनले भने,‘ बिर्तामोड नगरपालिकाको दमकललाई बोलाएर आगो नियन्त्रणमा लिन सफल भयौं ।’ आगलागीपछि कार्यालय कोठामा बस्नै नसक्ने भएको अध्यक्ष पोखरेलले बताए ।

क्याम्पस सञ्चालक समितिकोे आज बिहान बसेको बैठकले घटनाबाट ४ लाख ६७ हजार ६ सय बराबरको क्षति भएको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *